‘बोट’का सामान अब नेपाली बजारमा



काठमाडौं । भारतीय बजारमा नम्बर वान ब्राण्डका रुपमा स्थापित वायरलेस ‘बोट’का प्रडक्ट नेपाली बजारमा उपलब्ध हुने भएका छन् ।

भारतीय कम्पनी हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच यसका लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर छ ।

‘नेपाली बजारमा उत्पादन ल्याउन पाउँदा निकै खुसी लागेको छ,’ इम्याजिन मार्केटिङ लिमिटेडका सीइओ विवेक गम्भीरले भने, ‘हाम्रो उद्देश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो ।’

इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्समार्फत् उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठूलो लगानी गरेको छ ।

कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नका लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेञ्चरमा प्रवेश गरेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जलानले बोटले वर्षौंदेखि स्टाइलिश र उच्च गुणस्तरीय अडियो उपकरणमार्फत् आफ्नो बलियो ब्रान्ड बनाएको दाबी गरे ।


क्लिकमान्डु