सेयर बजारमा भारी गिरावट, जलविद्युत कम्पनीमा नकारात्मक सर्किट



काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेपछि यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने निकै चर्चा चलेको थियो । तर सोमबारको कारोबारमा भने त्यसो हुन सकेन । एमसीसी अनुमोदन भएको भोलीपटै सेयर बजारमा भारी गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ४३.१० अंकले घटेर परिसूचक २६१०.६० बिन्दुमा रोकिएको छ । बजार निरन्तर घट्दै जाँदा परिसूचक पनि २६०० को हाराहारीमा आइपुगेको छ । २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँको सेयर किनेबच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६४ अंकले घटेर ५००.२१ बिन्दुमा रोकिएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ १५.३३, विकास बैंक ७३.९१, जलविद्युत १०२.३४, वित्त ४६.१९, निर्जीबन २६८.६९, उत्पादन तथा प्रशोधन १२९.३४, माइक्रोफाइनान्स ६२.३५, जीवन बीमा समूहको उपसूचक २९५.५ अंकले घटेको छ ।

कारोबारमा तेह्रथुम पावर कम्पनी, सामालिङ पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो दिनको कारोबारमा धेरै गुमाउनेमा जलविद्युत कम्पनी रहेका छन् ।


क्लिकमान्डु