
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ रहेको बताएकी छिन् ।
आइतबार भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन बुझेपछि कार्कीले दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ रहेको बताएकी हुन् ।
‘२०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त भएको छ । मेहनतपूर्वक यस कार्यमा खटिने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद,’ कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ छ ।’
जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए ।








प्रतिक्रिया