
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशको भोजपुर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका ध्रवराज राई विजयी भएका छन् ।
उनले १६ हजार ६ सय ६३ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७ सय ५० प्राप्त गरेका छन् ।
उनको हारसँगै नेकपा एमालेका सबै पदाधिकारीको यस निर्वाचनमा हार भएको छ ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझा ६ हजार १ सय २ मतमा सीमित भए ।








प्रतिक्रिया