नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा रोजगारी खुलेको छ । इन्स्योरेन्सले आज एक विज्ञापन जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग, क्षेत्रीय प्रबन्धक/शाखा प्रबन्धक, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार चिफ अल्टरनेट सेल्स पदमा व्यवस्थापन संकायमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेका र नागरिकले आवेदन दिन सक्नेछन् ।

यस्तै, व्यवस्थापन संकायमा स्नातक गरेका व्यक्तिले क्षेत्रीय प्रबन्धक/शाखा प्रबन्धक पदमा आवेदन सक्नेछन् ।

प्रमुख कार्यकारी अधिकृत(सीइओ) कार्यालयका लागि कम्पनीले अफिसर समेत माग गरेको छ । व्यवस्थापन संकायमा स्नातकको शैक्षिक उपाधि हासिल गरेका नागरिकले आवेदन दिन सक्नेछन् ।

साथै, सहायक पदमा पनि व्यवस्थापन संकायमा स्नातक गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । कम्पनीले सहायक पदमा केही कर्मचरी माग गरेको छ । योग्यता पुगेका व्यक्तिले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीद्धारा जारी विज्ञापनमा उल्लेख छ ।


क्लिकमान्डु