नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न पदमा ७४ जना कर्मचारी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी कर्मचारी माग गरेको हो । प्राधिकरणले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो ।

प्राधिकरणले लोकसेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन फर्कमार्फत् दरखास्त फारम भर्न आह्वान गरेको छ ।

प्राधिकरणले परीक्षार्थीका लागि ९ र ८ तहलाई १६ सय, तह ७ र ६ लाई १२ सय, ५ र ४ लाई ६ सय रुपैयाँ तोकेको छ । साथै, समावेशी समूहमा दरखास्त पेश गर्ने उम्मेदवारले प्रत्येक थप समूहको लागि सम्बन्धित तहको लागि तोएिको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ ।

प्राधिकरणले आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा २४ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा ९१ जनाको बढुवा गर्ने भएको छ ।


क्लिकमान्डु