मासिक ८ सयमा भायनेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी



काठमाडौं । भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ। अब ग्राहकहरूले ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ। यस अफरमार्फत् ग्राहकहरूले उच्च(गतिको इन्टरनेटको साथ(साथै मनोरञ्जनात्मक च्यानलहरू, दुबैको मज्जा लिन सक्नेछन् ।

भायाटिभी द्वारा ग्राहकहरुले १७५ं च्यानलहरू, चलचित्र र टेली श्रृंखलाहरू हेर्न सक्नेछन् ।

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निस्शुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि ८०० रुपैयाँमा प्रतिमहिनामा यो अफरको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।

यसबाहेक भायाटिभी को सेट(उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन्।

मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन्। प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न्।


क्लिकमान्डु