राष्ट्र बैंक जिम्मेवार नहुँदा कर्जा प्रवाह अत्यधिक भयोः अर्थविद् पोषराज पाण्डे



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव हुनुका पछाडि नेपाल राष्ट्र बैंक जिम्मेवार रहेको अर्थविद् पोषराज पाण्डेले टिप्पणी गरेका छन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जा प्रवाह अत्यधिक भएको र बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुग्नुमा राष्ट्र बैंक दोषी रहेको पाण्डेले आरोप लगाए ।

बुधबार राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले भने, ‘मौद्रिक नीतिमा यो वर्ष कर्जा प्रवाह १९ प्रतिशतमा सीमित गर्ने भनिएको थियो तर अहिले २७ प्रतिशतसम्म पुगिसकेको छ । यस्तो अवस्था आइसक्दा राष्ट्र बैंकले के हेरेर बसेको थियो ?’

उनले यो राष्ट्र बैंकको असफलता भएको समेत टिप्पणी गरे ।
उनले यसबीचमा केन्द्रीय बैंकले २ प्रतिशत विन्दुतले ब्याजदर बढाएको समेत बताए ।

‘राष्ट्र बैंक जिम्मेवार भएन, उसको भूमिका कमजोर भयो अहिले एनपीए वास्तविक छैन,’ उनले भने ।


क्लिकमान्डु