निर्माण व्यवसायी महासंघको निर्वाचनमा यस्तो छ लामा समूहको प्यानल

0
Shares

काठमाडौं । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ एफ्क्यानको आगामी निर्बाचनको लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी)लामा समूहले आफ्नो प्यानल घोषणा गरेको छ ।

मंगलवारदेखि सुरु हुने २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनको लागि लामा समूहले उम्मेदवार घोषणा गरेको हो । लामाको समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोशिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले प्रतिस्र्पधा गर्ने भएका छन् ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै लामाले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न लागेको भन्दै सरकारको स्पिरिटअनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

उनले सार्वजनिक खरिद ऐन संशोधनका लागि व्यवसायीहरूले विगत तीन वर्षदेखि संसदको ध्यानाकर्षण गराउँदै आएको भएपनि राजनीतिक अस्थिरताको कारण त्यो काम सम्भव नभएको बताए ।

लामाले व्यवसायीहरूलाई लोभमा नपरी इमान्दारितापूर्वक काम गर्न समेत आग्रह गरे ।

उनले भने, ‘नयाँ सरकारले सार्वजनिक खरिद ऐन ३० दिनभित्र संशोधन गर्ने वाचा गरेको न्युज सुनेको थिएँ । जुन ऐन संशोधन गर्नको लागि हामीले तीन वर्षदेखि संसदको ध्यानाकर्षण गरायौँ । तर मदुभाग्य कहिले संसद भंग हुने कहिले विघटन हुने भइरहयो । अब हामी सबै साना ठुला निर्माण व्यवसायीहरुले आ आफ्नो काम गर्ने कि नगर्ने ? अब हामीले लोभिएर केही पाइन्छ कि भनेर लोभिनुभन्दा पनि इमानदारितापूर्वक काम गर्न म अनुरोध गर्न चाहन्छु ।’