सर्वाधिक माइलेज दिने कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोक्रोपले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कस्ट’का कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट-इन-सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिनासम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ ।

अल न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।

एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । ३८.०२ सेन्टीमिटर अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियमको अनुभूति दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल-थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इञ्जिनको प्रयोग गरेको छ, जसले नेपालमै सर्वाधिक अर्थात् १ लिटरले पेट्रोलले २६.६८ किलोमिटर माइलेज दिनसक्ने छ । सेगमेन्टमै पहिलो आइडल स्टार्टअपप्रयोग गरिएको नयाँ सेलेरियोले सीओटू इमिशनलाई १९ प्रतिशतसम्म घटाउने छ ।

अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले ८९ एनएम एट् दिरेट ३५०० आरपीएमको टर्क र ६७ पीएस एट् दिरेट ५५०० आरपीएमको पावर प्रदान गर्दछ । नेक्स्ट-जेन के-सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधिजस्तै कूल्ड इजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

तीनवटा मोडलमा २८ लाखदेखि ३२ लाखसम्म मूल्य कम्पनील तोकेको छ ।

सुजुकीको एड्भान्स एयरटेक प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । एयरटेक प्लेटफर्मले कारको क्र्यास, रिजीडिटी र समग्र बललाई सुधार गर्छ । उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले तपाईं र तपाईंका प्रियजनहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनी को बिश्वास छ ।

रमाइलो र आराम्दाई ड्राइभिङ अनुभवको लागि १७.७८ सेन्टिमिटर (७ इन्ज) स्मार्टप्ले स्टुडियो इन्फोटामिन्ट सिस्टम उपलब्ध गरिएको छ । यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टरजस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन् । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ-समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आराम्दाई हुँने कम्पनीले जनाएको छ


क्लिकमान्डु