टाटा मोटर्स नयाँ शोरूम बनेपामा



काठमाडौं । टाटा मोटर्सले काभ्रेको बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सेवा पु¥याउने योजनासहित बनेपामा नयाँ शोरूम विस्तार गरेको छ ।

बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो रहेको छ । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ ।

बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पु¥याइरहेको छ ।


क्लिकमान्डु