घरजग्गा तथा गाडीका लागि ऋण लिन कठिन हुने, जोखिम भार बढ्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा तथा गाडी किन्नको लागि ऋण लिन कठिन हुने नीति बनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षा मार्फत घरजग्गा तथा गाडीको लागि ऋण लिन कठिन हुने नीति बनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिबसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ ।

अहिले यस्तो जोखिम भार शतप्रतिशत छ । राष्ट्र बैंकले निर्देशिका मार्फत जोखिम भार बढाएको नीति कार्यान्वयन गर्ने छ । यसले घरजग्गा तथा गाडी खरिदको लागि जाने ऋण कम हुने छ ।

आयात कम गर्ने तथा अनुत्पादक मानिएको कर्जामा ऋण प्रवाह कम गर्न राष्ट्र बैंकले जोखिम भारलाई बढाउने नीति लिएको प्रवक्ता गुणाकर भट्टले पत्रकार सम्मेलनमा बताए ।


क्लिकमान्डु