लगानीकर्ता झनै निरास बन्दै, सेयर बजारमा भारी गिरावट



काठमाडौं । सेयर बजारले बुधबार पनि लगानीकर्तालाई निरास बनाएको छ ।

बुधबारको कारोबारमा बजारमा दोहोरो अंकको गिरावट आउनुका साथै कारोबार रकम पनि घटेको छ । बजारको घटबढ् सामान्य भएपनि कारोबार रकममा आएको गिरावटले लगानीकर्तालाई झनै निरास बनाउन लागेको जानकार लगानीकर्ताको भनाइ छ ।

बुधबार बजार मापन गर्ने सूचक १९.९८ अकंकको गिरावट आएर परिसूचक २७३४.४४ बिन्दुमा रोकिएको छ । २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ५.२९, विकास बैंक ८८.५३, वित्त कम्पनी ४२.९०, जलविद्युत ७२.७७, उत्पादन तथा प्रशोधन समूहको ९४.७९, माइक्रोफाइनान्स समूहको ४०.७४, निर्जीबन बीमा समूहको उपसूचक १०६.८१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा अपी पावर कम्पनी रहेको छ । कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेशनल हाईड्रोपावर र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको रहेको छ ।


क्लिकमान्डु