सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोका बुधबार १६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा बुधबार ३५ रुपैयाँ घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु