नेष्डो समृद्ध लघुवित्तको आइपीओ फागुन ११ गतेदेखि



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित तथा ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीको आइपीओ फागुन ११ गते निष्कासन भइ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म खुला रहनेछ ।


क्लिकमान्डु