राष्ट्र उत्थान लघुवित्तकाे आइपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गरेेकाे छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा १३ हजार कित्ता कर्मचारीलाई, ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा नबिकेमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा रेटिङ्गले इक्रा एनपी आईआर डबल बि रेटिङ्ग दिएको छ । पछिल्लो समय आइपीओमा लगानीकर्ताको निकै आकर्षण बढेको छ । तसर्थ यो कम्पनीको आइपीओमा पनि माग गरेको न्यूनतम कित्ता अनुसार नै आवेदन दिने उचित हुने जानकार लगानीकर्ताहरुको भनाइ छ ।


क्लिकमान्डु