नबिल बैंकका ग्राहक र कर्मचारीले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने



काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछन् ।

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८७ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंक नेपाली बैंकिङ्ग क्षेत्रमा अब्बल मानिन्छ ।


क्लिकमान्डु