आइएमई पेबाट हवाई टिकट बुकिङ गर्ने २ जनाले पाए चन्द्रागिरि घुम्ने अवसर



काठमाडौं । आइएमई पेले भ्यालेन्टान्स डेको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज प्राप्त गरेका छन् ।

अफर अवधि फेब्रुअरी ४ देखि १२ फेब्रुअरी २०२२ सम्म थियो । सो अवधिमा आइएमई पेमार्फत् हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्नेमा काठमाडौं दिनेश कुमार निरौला र दुर्गा गुरुङ्ग छन् ।

उनीहरुलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर उपलब्ध गराइएको छ ।

विगत केही वर्षदेखि आइएमई पेमार्फत् हवाई टिकट खरिद गर्दा अधिकतम ६ सय रुपैयाँसम्म उपलब्ध गराइएको छ ।


क्लिकमान्डु