सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकममा देखिएन सुधार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको भएपनि कारोबार रकममा भने सुधार आउन सकेको छैन ।

मंगलबार सेयर बजार मापन गर्ने सूचक ५३.३० अंकले बढेर परिसूचक २७५४.२८ बिन्दुमा रोकिएको छ । कारोबारमा करिब साढे २ घन्टासम्म सामान्य रहेको बजार साढे १ बजेपछि बजारमा भने सुधार देखिन थालेको थियो । जुन अन्तिम समयसम्म कायम रह्यो । जसले गर्दा बजारमा दोहोरो अंकको सुुधार देखिएको छ ।

२२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकममा उल्लेख्य सुधार नआउँदा लगानीकर्ता भने धेरैं उत्साहित हुन नसकेको जानकार लगानीकर्ताहरुको तर्क छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा अधिकांश समूहको उपसूचकमा पनि सुधार देखिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १४.५७, विकास बैंक १२७.३५, वित्त कम्पनी ६५.६८, जलविद्युत १३८.१२, जीवन बीमा १८७.०३, माइक्रोफाइनान्स १४५.७६, निर्जीबन बीमा समूहको उपसूचक १८५ अंकले बढेको छ ।


क्लिकमान्डु