सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो-इलेक्ट्रिसियन तालिम



काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो-इलेक्ट्रिसियन तालिम पाचौं समूह सम्पन्न भएको छ ।

दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत श्री राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई दिँदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटोइलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरु रहेको जानकारी दिए ।

सम्पूर्ण १० प्रशिक्षार्थीहरुले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीको अवसर प्राप्त गरेका छन् । उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ्ग सेन्टरले निःशुल्क प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु