खल्ती बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व तिर्न सकिने



काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले करदाताहरूकालागि काठमाडौ महानगरपालिकाको कर घरमै बसेर भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने उनको भनाइ छ ।

यो सुविधा लिनुपुर्व करदाताले खल्तीको वेवसाइटमा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ । दर्ता भई सकेको खण्डमा आफ्नो युजर नेम र पासवर्ड दाखिला गरि लगइन गर्न सकिनेछ ।

करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ । आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ । सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन् ।


क्लिकमान्डु