हुण्डी र क्रिप्टो करेन्सीको कारोबार बढ्दा घट्यो रेमिट्यान्स



काठमाडौं । नेपाल राष्ट्र बैंकका अुनसार विप्रेषण आप्रवाह निरन्तर घटिरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ जना पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

कोरोना महामारी न्यून भएसँगै बढेको आयात निर्यातका कारण हुण्डीको कारोबार मौलाएको छ । जसको असर विप्रेषणमा परेको जानकारहरुको तर्क छ ।


क्लिकमान्डु