दोहामा थन्किएको नेपाल एयरलाइन्सको विमान चलाउन इञ्जिन भाडामा लिइने, ममर्तका लागि टेन्डर आह्वान



काठमाडौं । करिब डेढ महिनादेखि बिग्रिएर दोहा विमानस्थलमा थन्किएको नेपाल एयरलाइन्सको न्यारोबडी विमान ममर्तका लागि एमआरओका लागि ग्लोबल टेन्डर आह्वान गरिएको छ ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार न्यारोबडी ए३२० विमान ९एन–एकेडब्ल्यु गत डिसेम्बरमा काठमाडौं–दोहा नियमित उडानपछि पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या देखिएको थियो ।

त्यसपछि दोहास्थित कतार एयरवेजका इन्जिनियरिङ टीमले गर्दा बायाँतर्फको इञ्जिनमा इन्ट्रनल डिफेक्ट पहिचान पहिचान भएको र इञ्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएको थियो ।

इन्जिनको उत्पादनकर्ता पीडब्ल्यू/आईएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इञ्जिनलाई रिप्लेसन गरी रिपेयर गर्न सुझाव अनुसार हाल विमानको इञ्जिन भाडामा लिने प्रक्रिया अघि बढाइसकिएको छ ।

यसका लागि निगमले गत ९ जनवरीमा टेन्डर आह्वानपछि एमटीयू मेन्टिनेन्स लिज सर्भिसेज बीभी कम्पनी छनोट भइसकेको छ ।

साथै, सो जहाजको बिग्रिएको इञ्जिन सिरियल नम्बर भीवान७५८४ लाई मर्मतका लागि २४ जनवरीमा निगमले ग्लोवल रिक्वेक्स्ट फर प्रपोजनल आह्वान गरिसकेको छ ।

खड्काका अनुसार अबको १० दिनमा इञ्जिन भाडामा ल्याइसकिने र उडान गरिने बताइन् । साथै ममर्तका लागि कम्तीमा तीन महिना समय लाग्न सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु