प्रकाशरशण महत बने नेपाली कांग्रेसको प्रवक्ता



काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशरशण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य महतलाई दिएका हुन् ।

महत गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।

यसअघि प्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्माले सम्हाल्दै आएका थिए । शर्मा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन् ।


क्लिकमान्डु