फेरि नम्बर १ एसयूभी बन्न सफल भयो टाटा नेक्सोन



काठमाडौं । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गर्दै अन्य ब्राण्डका सवारी साधनको बिक्रीलाई पछि पार्दै शीर्षस्थान कायम गर्न सफल भएको छ ।

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको यसको बिक्रीले देखाएको छ । भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गइरहेको छ ।

टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको कम्पनीको दाबी छ । नेपालमा पनि उपभोक्ताको मन जित्न सफल भइरहेको छ ।

बिक्री तथ्यांकका आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो ।

टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इञ्जिनका कारण चर्चामा रहँदै आएको मोडल हो ।

टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।

टाटा मोटर्सले १३ हजार ८१६ यूनिट नेक्सन विक्री गरेर पहिलो हुन सफल भएको छ भने किया सेल्टोस ११ हजार ४८३ यूनिट सहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिट सहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिटसहित पाँचौ स्थानमा छ ।

साथै, छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट बिक्री भएको छ ।

त्यस्तैगरी धेरै बिक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशकले भने यसपाली आफ्नो स्थान पक्का गर्न सकेनन् ।

सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ यूनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० यूनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ यूनिट बिक्री गर्न सफल भयेको छ ।


क्लिकमान्डु