अमेजनका मालिक जेफ बेजोसलाई लिएर किन हंगामा मच्चिदैछ नेदरल्याण्डमा ?



एजेन्सी । संसारका सबैभन्दा धनीमध्येका एक हुन् अमेजनका संस्थापक जेफ बेजोस । धेरै मानिस उनी जस्तै बन्न चाहन्छन् । उनी जस्तै नाम, दाम र शानको खोजीमा छन् ।

धेरैले आदर्श मानेका र उनको पदचाप पछ्याउन खोजेको धेरैको सपनाको राजकुमार जस्ता व्यक्तिको विषयलाई लिएर एउटा देशमा भने यतिखेर चरम विवाद उत्पन्न भएको छ ।

उनको विषयलाई लिएर विवाद उत्पन्न भएको देश हो नेदरल्याण्ड । त्यहाँ उनको विषयलाई लिएर हंगामा मच्चिएको छ ।

विवादको मुख्य कारण एउटा पुल रहेको छ । यो पुलको ऐतिहासिकता नै विवादको अर्को कारण पनि हो । यो पुल १४५ वर्ष पहिले १८७७ मा निर्माण गरिएको थियो । यो पुल रोटरडमको विशेषताका रुपमा लिइएको छ ।

अमेजनका संस्थापक जेफ बेजोस नेदरल्यान्ड भ्रमणमा जाने भएका छन् । बेजोसले रोटरडमको मुख्य सहरको पनि भ्रमण गर्नेछन्, जहाँ उनले सुपरयाटमा सहर घुम्न छन् र रमाइलो गर्नेछन् । तर उनको भ्रमणलाई लिएर विवाद उत्पन्न भएको छ ।

रोटरडम सिटी काउन्सिलले शहरको ऐतिहासिक कोनिङ्गहेभन ब्रिज भत्काउने निर्णय गरेपछि यो विवाद उत्पन्न भएको हो । उनी जहाजमा चढेर नदीमा धेरै टाढा जान सकून् भनेर यसलाई भत्काउन लागिएको छ ।

रोटरडम सिटी काउन्सिलका प्रवक्ताले पुल भत्काउने निर्णयको पुष्टि गर्दै जेफ बेजोसले सबै खर्च व्यहोर्ने बताएका छन् ।

बेजोसको भ्रमणका लागि बनाइएको यो सुपरयाच यसको आकारमा धेरै ठूलो छ । जसका कारण यो ऐतिहासिक पुल मुनीबाट जान सक्दैन । यस विलासी सुपरयाचको लम्बाइ १२७ मिटर र उचाइ ४० मिटर रहेको छ । यसलाई नेदरल्याण्डको ओसेन्को कम्पनीले बनाएको हो ।

यो निर्णय यसै साता नेदरल्याण्डका विभिन्न मिडियामा विवरणहरु प्रकाशित गरेर जानकारी दिइएको थियो । समाचारमा जनाइए अनुसार स्थानीय रुपमा डी हेफ नाम दिइएको उक्त पुलको बीचमा रहेको भागको अस्थयी रुपमा झिकिनेछ । ताकी ४० मिटर लामो सुपरयाच अगाडि जान सकोस् ।

विवादको मुख्य कारण स्टीलले बनेको यो कोनिङ्गहेभन ब्रिजको पुरानो र ऐतिहासिक रहेको छ । यो १४५ वर्ष पहिले १८७७ मा निर्माण गरिएको थियो । यो पुल रोटरडमको पहिचानको रुपमा लिइन्छ । यससँगै यसलाई देशको सम्पदामा पनि समावेश गरिएको छ ।

सन् २०१४ र २०१७ को बीचमा यो पुलको यातायात रोकेर व्यापक मर्मत गरिएको थियो । त्यसपछि अधिकारीहरूले यो पुल भाँच्न नदिने बताएका थिए ।

धेरै नेताहरू रोटरडम सिटी काउन्सिलको निर्णयको आलोचना गरिरहेका छन् । स्थानीय नेता स्टीफन लुइसले ट्वीटरमा भनेका छन् कि हाम्रो सुन्दर राष्ट्रिय स्मारक भत्काउनु असाध्यै ठूलो आपराधिक कदम हो ।

समाचार एजेन्सी एएफपीका अनुसार यस सुपरयाचको निर्माणका कारण निर्माण क्षेत्रमा धेरै रोजगारी सृजना भइरहेको नगर परिषद्ले जनाएको छ । जसलाई मध्यनजर गर्दै यो सम्पूर्ण योजना स्वीकृत गरिएको हो । यद्यपी नगर परिषद्ले यो पुललाई पहिले जस्तै बनाइने बाचा गरेको छ ।

उही समयमा, रोटरडमका एक अधिकारी, मार्सेल वालराभेन्सले एक समाचार वेबसाइटलाई भनेका छन् कि यो सुपरयाच अरू कतै बनाउन सम्भव छैन । उनले यो आयोजना आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको दाबी गरे । जहाज निर्माणको लागि रोटरडमको प्रतिष्ठालाई उल्लेख गर्दै, उनले रोटरडम जसलाई युरोप समुद्री राजधानीका रुपमा पनि चिनिन्छ भनेर एकपटक स्मरण गराए ।

रोटरडमको बन्दरगाह सम्पूर्ण युरोपको सबैभन्दा ठूलो हो । जुन संसारको सबैभन्दा ठूलो बन्दरगाहमध्ये एक भएको अर्थमा लिइन्छ । जहाँ जहाज निर्माण उद्योग शहरमा सबैभन्दा ठूलो मध्येको एक हो ।

मार्सेल वालराभेन्सले एउटा अखबारलाई भने कि यो पुल गर्मी समयमा भत्काइने अपेक्षा गरिएको छ । यद्यपि उनले दुई साताभित्र यसको बीचको भाग हटाएर फिर्ता हुने आशा व्यक्त गरेका छन् ।

यस सुपरयाचको बारेमा बिस्तृत जानकारी पहिलो पटक गत वर्ष सार्वजनिक भएको थियो । यद्यपी उनले यो जहाज कसका लागि बनाइएको हो भन्ने खुलाएनन् । तर २०२१ मा जेफ बेजोसको बारेमा प्रकाशित ब्लूमबर्गको जीवनीले यो जहाज अमेजनका लागि बनाइएको कुरा लगभग पुष्टि गरेको थियो ।

बोट इन्टरनेशनलका अनुसार वाई ७२१ नामको यो जहाज विश्वकै सबैभन्दा ठूलो जहाज हुनेछ । यो जहाजमा धेरै आधुनिक र विलासी सुविधाहरू रहेको बताइएको छ । अर्को जहाज आएमा त्यसमा हेलिकोप्टर पनि अवतरण गर्न सक्ने दाबी गरिएको छ ।

फोब्र्सको अनुमान अनुसार जेफ बेजोसको सम्पत्ति हाल १७५ अर्ब डलरभन्दा बढी छ र उनी विश्वका तेस्रो धनी व्यक्ति हुन् । अमेजन कम्पनीबाहेक उनी ‘वाशिंगटन पोस्ट’ पत्रिका र स्पेस कम्पनी ‘ब्लू ओरिजिन’का मालिक पनि हुन् ।


क्लिकमान्डु