साईनिङ् स्टार सहकारीको साढे २२ करोड बढी निक्षेप अपचलन प्रकरण : लेखा समिती संयोजक महर्जन पक्राउ




काठमाडौं । प्रहरीले काठमाडौंको कालिमाटी स्थित साईनिङ् स्टार सेभिङ् एण्ड क्रेडिट को(अपरेटिभका लेखा(समिती संयोजक पंचमान महर्जन लाई प्रहरीले पक्राउ गरेको छ ।

महर्जनरले सहकारीमा जम्मा गरेको निक्षेप २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपयाँ फिर्ता नदिई संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको आरोपमा महर्जनलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार महर्जन समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २०७३ असार १९ गते महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले मर्जनलाइर्ए माघ २० गते काठमाडौंकोो स्वयम्भूबाट पक्राउ गरेको हो ।


क्लिकमान्डु