नेप्सेको सीइओमा कृष्ण कार्की नियुक्त



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन् ।

माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

नवनियुक्त कार्कीले क्लिकमाण्डूसँग कुरा गर्दै आफूले सीइओका रुपमा प्रविधिमा सुधार, अनुगमनका नयाँ टुल्सहरु बनाएर काम गर्ने बताए ।

कार्की बुढीगण्डकी आयोजनाको प्रमुखको रुपमा काम गरेका छन् । उनलाई अर्थमन्त्री जनार्दन शर्मा उर्जा मन्त्री हुँदा आयोजनाको प्रमुखको जिम्मेवारी दिएका थिए ।

पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कार्कीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।


क्लिकमान्डु