भारतले नेपाललाई दिने अनुदान १ अर्ब भारुले बढ्यो, यो वर्ष ७५० करोड भारु दिने



काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान १ अर्ब भारुले बढाएको छ ।

मंगलबार बजेट पेश गरेको भारत सरकारले नेपाललाई १ अर्ब भारुले बढाएर ७ सय ५० अर्ब भारु अनुदान दिने भएको छ । यद्यपि यो सन् २०२०/२१ को तुलनामा १ अर्ब २९ करोड १० लाख भारुले कम हो ।

भारत सरकारले सन् २०२०/२१ मा नेपाललाई ८ अर्ब ७९ करोड १० लाख रुपैयाँ भारु अनुदान दिएको थियो भने सन् २०२१/२२ मा ९ अर्ब ९२ करोड भारु अनुदान दिने घोषणा गरेपछि पछि संशोधन गरी ६ अर्ब ५० करोड भारु बनाएको थियो ।

भारतले यस वर्ष सबैभन्दा बढी भुटानलाई २२ अर्ब ६६ करोड २४ लाख अनुदान दिने भएको छ ।


क्लिकमान्डु