जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारमा सहभागी दलहरुबीच सहमति



काठमाडौं । जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारमा सहभागी दलहरुबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘सरकारमा सहभागी दलहरुबीच जेठभित्र चुनाव गर्न प्रधानमन्त्री मार्फत सुझाव दिएको छ,संविधानसँग बाझिएका ऐनहरु संसोधन गर्नुपर्ने भएमा त्योपनि हुने छ,’कार्कीले बैठकपछि सञ्चारकर्मीसँग भने ।

सरकारले निर्वाचन आयोगको परामर्शमा स्थानीय तहको निर्वाचन हुने मिति तोक्ने कार्कीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी एमालेले सरकारले स्थानीय निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएपनि सरकारमा सहभागी दलहरु जेठभित्र स्थानीय निर्वाचन गर्ने सहमतिमा पुगेका हुन् । मा सुरुदेखि नै प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई तोकिएको समयमा निर्वाचन गर्नुपर्ने दवाव थियो ।

शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यालयमा उपस्थित पदाधिकारीलाई प्रधामन्त्रीले तोकिएको समयमा निर्वाचन हुने भन्दै यसको तयारीमा लाग्न निर्देशन दिएका थिए ।


क्लिकमान्डु