साढे ३७ करोड बढी विदेशी मुद्रा अपचलन गर्ने ४ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले साढे ३७ करोड बढी विदेशी मुद्रा अपचलन गर्ने ४ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमामा मुद्धा दायर गरेको छ ।

विभागले ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ अपचलन गरेको भन्दै कैलालि लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, भगवती खड्का, नर वहादुर खड्का र अनिता धिताललाई मुद्दा दायर गरेको हो ।

चारै जनाले विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको तथा सामूहिक रुपमा काठमाडौंको कालोपुल समेतमा डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको फोला परेको छ ।

विभागले दिनेश खड्काले ई–स्क्रिल, ब्यालेन्स मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोवल बैंक समेतबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ, भगवती खड्काको एनआईसि एशिया बैंक समेतबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ, नर बहादुर खड्काको ग्लोवल आई एमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ सहित ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ अपचलन गरेको देखिएको छ ।

चारै जनालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ तथा बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी गरेको विभागले जानकारी गराएको छ ।


क्लिकमान्डु