एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको पत्नी राधिका शाक्यलाई कोरोना पोजेटिभ देखिएको छ ।

शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओली र पत्नी शाक्यलाई कोरोना पोजिटिभ देखिएको बताइएको छ ।

ओलीको सचिवालयका अनुसार दुवै जना बालकोटस्थित निवासमा आइसोलेसनमा आराम गरिरहेका छन् । दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ ।


क्लिकमान्डु