५ महिनापछि ५ कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ महिनापछि ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमित दिएको छ ।

बोर्डका अनुसार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरले आइपीओ निष्काशनको लागि अनुमति पाएका छन् ।
बोर्डका एक अधिकारीका अनुसार बोर्डमा अध्यक्ष नहुँदा ५ महिनादेखि आइपीओ निष्काशनको काम रोकिएको थियो ।

अहिले बोर्डका अध्यक्ष नभए पनि सञ्चालकले यी कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो । बोर्डका कार्यकारी निर्देशन निरज गिरीलाई सरकारले अध्यक्षता ग्रहण गने अनुमित दिएको छ । सोही अनुसार बोर्डमा प्रस्ताव लैजाने र बोर्ड बैठले पास गरेर निष्काशनको लागि प्रकृया अघि बढेको हो ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा अध्यक्ष भिष्मराज ढुंगाना मुछिएपछि उनलाई सरकारले बर्खास्त गरेको छ । अहिले पनि बोर्ड नेतृत्व बिहीन रहेको छ ।


क्लिकमान्डु