एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन नपरेपछि थपियो समय



काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा माग अनुसार आवेदन नपरेपछि समय थप गरिएको छ ।

माघ ३ देखि ६ गतेसम्मका लागि निष्कासन गरेको ऋणपत्रमा माग अनुसार आवेदन नपरेपछि समय थप गरेर माघ १७ गतेसम्म पुर्याइएको छ ।

बैंकले ८ वर्षे अवधिको लागि प्रतिकित्ता १००० रूपैयाँका दरले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । २० लाख कित्ता मध्ये बैंकले विभिन्न व्यक्तिगत तथा संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्ने छ भने ८ लाख कित्तामा सर्वसाधारणले आवेदन दिने छन् ।

यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले नतम २५ देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन बिक्री प्रबन्धक तथा एभरेष्ट बैंक र सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । ऋणपत्रमा बार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ ।


क्लिकमान्डु