उद्योग संगठन जुट्यो ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियानमा



विराटनगर । विगत केही दिनयता बढ्दो क्रममा रहेको कोभिड-१९ को संक्रमण दर कम गर्न भन्दै उद्योग संगठन मोरङले विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भिड हुने स्थानहरुमा लाई सात दिनसम्म चलाइने छ । यस अभियान अन्तर्गत मास्क नलगाई हिड्नु हुने मानिसहरुलाई निःशुल्क मास्क प्रदान गरी मास्क लगाउन अभिप्रेरित गरिएको छ ।

कोभिड–१९ को वढ्दो संक्रमणले आममानिसको जनजिवनलाई प्रभावित पार्नुका साथै अस्पतालहरुमा समेत संक्रमितको संख्या वृद्धि भई बिरामीको चाप वढने क्रममा रहेको अवस्थामा संक्रमण फैलिन रोक्ने अचुक विकल्पको रुपमा रहेको मास्कको प्रयोग आममानिसलाई प्रेरित गर्ने संगठनले विश्वास लिएको छ ।


क्लिकमान्डु