कर्णाली प्रदेशमा बीमा कम्पनीको पहुँच न्यून, बागमतीमा उच्च



काठमाडौँ । कर्णाली प्रदेशमा बीमा कम्पनीको पहुँच सबैभन्दा कम देखिएको छ ।

नेपालका ७७ वटै जिल्लामा बीमा कम्पनी पुगेका छन् । तर, पनि कर्णाली प्रदेशमा बीमा कम्पनीहरूको पहुँच न्यून देखिएको हो ।

बीमा समितिको तथ्यांकअनुसार नेपालभर बीमा कम्पनीका तीन हजार २ सय ७७ वटा शाखा कार्यालय छन् ।

जीवन बीमा कम्पनीले दुई हजार दुई सय ६९ वटा शाखा कार्यालय विस्तार गरेका छन् । भने निर्जीवन बीमा कम्पनीले एक हजार ८ वटा शाखा कार्यालय विस्तार गरेका छन् ।

जसमध्ये कर्णाली प्रदेशमा बीमा कम्पनीका एक सय ९१ वटा मात्रै शाखा कार्यालय छन् ।

यो कुल शाखा संख्याको ५.८३ प्रतिशत मात्र हो । कर्णाली प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम –पश्चिम),सुर्खेत र सल्यान जिल्ला पर्छन् ।

यस प्रदेशमा जीवन बीमा कम्पनीका १४८ र निर्जीवन बीमा कम्पनीका ४३ वटा मात्रै शाखा कार्यालय छन् ।

कर्णाली प्रदेश पछि सुदुरपश्चिम प्रदेशमा प्रदेशमा बीमा कम्पनीहरुको शाखा संख्या न्यून छ । सो प्रदेशमा बीमा कम्पनीका ३२६ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा जीवन बीमा कम्पनीका ३६२ वटा शाखा छन् ।

२७.४० प्रतिशत शाखा बागमती प्रदेशमा

तथ्यांकअनुसार बीमा कम्पनीका अधिकांश शाखा बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा बीमा कम्पनीहरूले ८ सय ९८ वटा शाखा स्थापना गरेर सेवा प्रवाह गरिरहेका छन् । जुन कुल शाखाको २७.४० प्रतिशत हो ।

यस प्रदेशमा जीवन बीमा कम्पनीका ५९३ शाखा कर्यालय छन् । भने निर्जीवन बीमा कम्पनीका ३ सय ५ वटा शाखा छन् ।

जीवनतर्फ यूनियनका शखा बढी, निर्जीवनतर्फ शिखरको

जीवन बीमातर्फ यूनियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी शाखा कार्यालय विस्तार गरेको छ । देशभरमा कम्पनीका २ सय ४ वटा शखा कार्यालय सञ्चालनमा छन् ।

यूनियन पछि नेपाल लाइफका शाखा कार्यालय बढी रहेको तथ्यांकले देखाएको छ । कम्पनीका १९३ वटा शाखा कार्यालय रहेका छन् । सन नेपाल लाइफको १९१ वटा शाखा छन् ।

सबैभन्दा कम शाखा राष्ट्रिय बीमा संस्थानको २३ वटा मात्रै छ ।

भने निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले अन्य कम्पनीको तुलनामा बढी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । देशभरमा कम्पनीका १ सय ५ वटा शाशखा कार्यालय रहेका छन् ।

यस्तै, निर्जीवनतर्फ नेशनल इन्स्योरेन्सको १३ वटा मात्रै शाखा कार्यालय छन् ।


क्लिकमान्डु