बुस्टर जोड यी १७ केन्द्रबाट लगाउन सकिन्छ



काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन थालिएको छ ।

यो खोप तत्कालै अग्रपंक्ति खटिने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायतलाई लगाइने छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बुस्टर डोज लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । खोप लगाउन यसअघिको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ ।

कार्यालयका अनुसार १४ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप दिइने छ । उक्त खोप विरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर, एपेक्स पोलिक्लिनक जडिबुटी, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलमा लगाइने छ ।


क्लिकमान्डु