प्रि-ओपनिङमा दोहोरो अंकको सुधार, करिब सवा करोडको कारोबार



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बजार मापन गर्ने सूचक १८.१७ अंकले बढेर परिसूचक २९४४.९२ बिन्दुमा रोकिएको छ । ४२ कम्पनीको २९ हजार ५७४ कित्ता सेयर १ करोड १८ लाख ५२ हजार ८० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १३.६५, विकास बैंक ८.४०, फाइनान्स ५.९२, जलविद्युत १४.७८, जीवन बीमा ८१.७०, उत्पादन तथा प्रशोधन ११८.९४, निर्जीबन बीमा समूहको उपसूचक ११.४६ अंकले बढेको छ ।


क्लिकमान्डु