साताको सेयरः ९२ अंकको बढोत्तरी, कुन दिन के भयो ?



काठमाडौं । यो साता सेयर बजारमा ९२.२४ अंकको सुधार देखिएको छ । यो साताको कारोबार मिश्रीत देखिएको छ । साताको पहिलो दिन आइतबार बजार अघिल्लो कारोबारको तुलनामा घटेको थियो ।

आइतबार परिसूचक २७६५.५१ बिन्दुमा रहेको थियो । सोमबार बजार १९ अंकले बढेर परिसूचक २७८४.९५ बिन्दुमा रोकिएको थियो । यस्तै मंगलबार बजार सोमबारको तुलनामा ५० अंकले बढेर २८३४ बिन्दुमा रोकिएको छ । मंगलबारको तुलनामा भने बजार बुधबार बढ्न सकेन । बुधबार केही गिरावटको सामना गर्नुपर्यो ।

बजारको सुन्दरता नै घट्बढ् हुने भन्दै यसलाई सामान्य रुपमा लिने लगानीकर्ताको कमी भएन । यो दिनको गिरावटलाई लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजार ३१ अंकले घटेर २८०३ बिन्दुमा रह्यो । सातामा सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजार बढेर नै बन्द भयो । यो दिन बजार ५४.१२ अंकले बढेर परिसूचक २८५७ रहेको छ ।


क्लिकमान्डु