आज दुई दर्जन कम्पनीको साधारणसभा, कतिले बनाए लगानीकर्ताको हातखाली ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई पुस मसान्त आएसँगै साधारणसभाको चटारो लागेको छ । सूचीकृत कम्पनीले पुस मसान्तसम्म साधारणसभा गरिसक्नुपर्ने कम्पनी ऐनमा व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार पुस मसान्तमा कम्पनीहरु साधारणसको चटारोमा लागेका छन् । आज मात्रै २१ वटा कम्पनीले साधारणसभा बोलाएका छन् । ३० गते सभा बोलाएका कम्पनीमध्ये ६ वटा कम्पनीले लगानीकर्ताको हात खाली गरेका छन् । बाँकी कम्पनीले लाभांश दिएका छन् ।

लगानीकर्ताको हाल खाली बनाउने कम्पनीमा खानी खोला हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, हिमालयन पावर पार्टनर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत् कम्पनी छन् । छ्याङदीले भने ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै कालिका लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । साधारणसभाका लागि पुस २१ गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गरेको छ ।

आरएमडिसी लघुवित्तले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । त्यसका लागि पुस १८ गते बुक क्लोज गरेको छ ।

यस्तै प्रोग्रेसिभ फाइनान्सले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस र ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । साधारणसभाका लागि पुस १९ गते बुक क्लोज गरेको छ ।

पोखरा फाइनान्सले गत आवको मुनाफाबाट सेयरधनीलाई ८.०७५ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । साधारणसभाका लागि पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।

सेन्ट्रल फाइनान्सले गत आवको मुनाफाबाट ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १८ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।

रिलायन्स फाइनान्सले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ । सभाको लागि पुस १९ गते बुक क्लोज गरिसकेको छ । सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद दिने प्रस्ताव पारित गर्ने भएको छ । त्यसको लागि पुस १८ गते बुक क्लोज गरेको छ ।

नबिल बैंकले सभाबाट ३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । त्यसको लागि पुस १६ गते बुक क्लोज गरेको छ ।

सिभिल बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाको लागि पुस २० गते बुक क्लोज गरेको छ । हिमालयन बैंकले गत आवको मुनाफाबाट २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाको लागि पुस १९ गते बुक क्लोज गरेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाको लागि पुस २१ गते बुक क्लोज गरेको छ ।

आँधिखोला लघुवित्तले गत आवको मुनाफाबाट १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । त्यसको लागि कम्पनीले पुस १८ देखि ३० गतेसम्मको लागि बुक क्लोज गरेको छ ।

मल्टीपर्पस फाइनान्सले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस २१ गते बुक क्लोज गरिसकेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव परित गर्ने छ । त्यसको लागि पुस १६ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।

सेञ्चुरी बैंकले ५.७५ प्रतिशत बोनस र ०.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्न ३० गते साधारणसभा बोलाएको छ । बुक क्लोज १९ गते गरिसकेको छ ।

कालिका पावर कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १९ देखि २१ गतेसम्म बुक क्लोज गरिसकेको छ ।


क्लिकमान्डु