प्रि–ओपनिङमा ५.१७ अंकले बढ्यो बजार



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार सामान्य बढेको छ ।

बिहीबारको प्रि–ओपनिङमा बजार ५.१७ अंकले बढेर परिसूचक २८०८.७९ बिन्दुमा रोकिएको छ । पि–ओपनिङमा ३१ कम्पनीको १० हजार ७६६ कित्ता सेयर ४८ लाख ७७ हजार २८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह, विकास बैंक, वित्त कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । यस्तै जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीबन बीमा समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु