दोस्रो त्रैमासमा पनि एनआइसी एशियाको नाफा नबिलको भन्दा बढी हुने



काठमाडौं । एनआइसी एशिया बैंक धेरै नाफा कमाउने बैंक वित्तीय संस्थाको पहिलो नम्बरमा उक्लिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोस्रो नम्बरमा रहेको नबिल बैंकभन्दा ७ करोड रुपैयाँबढी नाफा कमाएको एनआइसी एसियाको नाफा दोस्रो त्रैमासमा झनै बढेको छ ।

बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा बुझाएको दोस्रो त्रैमासको प्रारम्भिक प्रतिवेदनमा एनआइसी एशियाले नबिल बैंकभन्दा ३२ करोड रुपैयाँ बढी नाफा कमाउने देखिएको हो ।

क्लिकमाण्डुमा प्राप्त एक पत्रअनुसार चालु आर्थिक वर्ष ६ महिनामा नबिल बैंकभन्दा एनआइसी एशिया बैंकले १० करोड रुपैयाँ बढी कर बुझाउने तयारी गरेको छ ।

विगतदेखि धेरै नाफा कमाउने बैंक वित्तीय संस्थाको पहिलो नम्बरमा रहेको नबिलको नाफामा गिरावट आएसँगै एनआइसी एसिया बैंक पहिलो नम्बरमा उक्लिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि एनआईसी एशिया पहिलो नम्बरमा थियो । पहिलो त्रैमासमा एनआइसी एशियाले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष सोही अवधीमा एनआइसी बैंकको नाफा १ अर्ब २ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको नाफा भने १ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै गत वर्ष सोही अवधीमा नबिलले १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो ।


क्लिकमान्डु