एक हजारभन्दा धेरै नेपाली अभिकर्ता एमडीआरटी २०२२ का लागि योग्य



काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा १ हजार अभिकर्ता योग्य भएका छन् ।

सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म बीमाशुल्क संकलन गरेर लक्ष्य पूरा गरेका अभिकर्ता सन् २०२२ को एमडीआरटीमा छनौट भएका हुन् ।

सन् २०२२ का लागि नेपालका एक हजार जनाभन्दा धेरै अभिकर्ताले एमडीआरटी संस्थाले दिएको लक्ष्य पूरा गरेका छन् ।

गुँरास लाइफ, सन् नेपाल लाइफ, महालक्ष्मी र ज्योति लाइफ र अन्य कम्पनीका अभिकर्ताले पनि एमडीआरटीले दिएको लक्ष्य पूरा गरेका छन् । ती कम्पनीहरुले भने तथ्यांक प्रशोधनको काम सकाएका छैनन् ।

त्यसैले नेपालबाट एमडीआरटीको लक्ष्य पूरा गर्नेहरुको तथ्यांक भने बढ्ने देखिन्छ । कम्पनीहरुले उपलब्ध गराएको विवरणअनुसार एक हजार एक सय ८६ जना अभिकर्ता एमडीआरटी २०२२ का योग्य भएका छन् ।

एलआइसी नेपालबाट १८४ जना अभिकर्तायोग्य भएका छन् । यूनियन लाइफले तथ्यांक प्रशोधन गरिनसकेको जानकारी दिएको छ । कम्पनीका अनुसार एक सय ९२ जना अभिकर्ता एमडीआरटी २०२२ का योग्य भएका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५७ जना, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १३० जना अभिकर्ता योग्य भएका छन् ।

सानिमा लाइफ इन्स्योरेन्सका ६५ जना अभिकर्ताले एमडीआरटीको लक्ष्य पूरा गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सबाट ५० जना अभिकर्ताले एमडीआरटीको लक्ष्य पूरा गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका १३० जना अभिकर्ताले एमडिआरटीको लक्ष्य पूरा गरेका छन् । प्रभु लाइफ इन्स्योरेन्सका ३० जना अभिकर्ताले एमडिआरटीको लक्ष्य पूरा गरेका छन् ।

एशियन लाइफबाट ४७ जना अभिकर्ताले एमडीआरटीको लक्ष्य पुरा गरेका छन् । सूर्या लाइफ ५० जना अभिकर्ताले लक्ष्य पूरा गरेका छन् ।

यस्तै, सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका अभिकर्ताहरुमध्ये ७९ जनाले एमडीआरटीको लक्ष्य पुरा गरेका छन् । प्राइम लाइफका ६ जना, रिलायबल नेपाल लाइफका ८० जना, रिलायन्स लाइफका ५० जना, आईएमई लाइफका ५० जना , सानिमा लाइफका ६५ जना, प्रभु लाइफका ३० जना अभिकर्ताले एमडीआरटीको लागि योग्य भएका छन् ।

एलआइसी नेपालका १० जना अभिकर्ताले टीओटी र २१ जनाले सीओटीको लक्ष्य पूरा गरेका छन् । यस्तै, टीेओटीका लागि सिटिजन लाइफबाट एक जना, यूनियन लाइफका २ जना रिलायन्स लाइफका ५ जनाले, सानिमा लाइफका ४ जनाले प्रभु लाइफका एक जनाले लक्ष्य हासिल गरेका छन् । नेशनल लाइफका चार जनाले सीओटीको लक्ष्य हासिल गरेका छन् ।

यूनियन लाइफका ८ जना अभिकर्ताले सीओटी, एशियन लाइफका २ जना अभिकर्ताले सीओटी, सूर्या लाइफका २ जना अभिकर्ताले रिलायन्स लाइफका ३ जना अभिकर्ताले, आइएमई लाइफका १ जना अभिकर्ताले, सानिमा लाइफका ३ जना अभिकर्ताले र प्रभु लाइफका १ जना अभिकर्ताले सीओटीको लक्ष्य पूरा गरेका छन् ।

एमडीआरटीमा नेपाली बीमा कम्पनीले पनि सहभागीता जनाउँदै आएका छन् । सन् २०२२ को एमडीआरटी सम्मेलन अष्ट्रेलियाको सिड्नीमा हुँदैछ जसमा संस्थाले दिएको लक्ष्य नेपालका बीमा अभिकर्ताले पूरा गरेका छन् ।

एलआइसी नेपालले सबैभन्दा पहिले एमडीआरटीमा सहभागिता जनाएको थियो । पछिल्लो समय पुराना बीमा कम्पनीसँगै नयाँ बीमा कम्पनीले पनि सो संस्थामा सहभागीता जनाउँदै आएका छन् ।

के हो एमडीआरटी ?
सन् १९२७ मा स्थापना भएको एमडीआरटी (मिलियन डलर राउण्ड टेबल)को मुख्य कार्यालय अमेरिकामा छ । एमडीआरटी संस्थालाई विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा लिइन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् ।

दिएको लक्ष्य पूरा गर्ने र सदस्यता शुल्क तिरेका विश्वभरका अभिकर्ताहरुले सो सम्मेलनमा सहभागीता समेत जनाउन पाउने व्यवस्था छ ।

के हुन्छ फाइदा ?
यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । बजारमा यस संस्थाको टार्गेट पूरा गरेका अभिकर्तालाई हेर्ने नजर राम्रो हुने र स्वयं अभिकर्तालाई पनि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यसप्रति अभिकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।

नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस संस्थाको सदस्यता लिएका छन् । यस संस्थामा आबद्ध भएको नेपालको पहिलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) हो । एलआइसी नेपालले सबैभन्दा पहिले यस संस्थाको सदस्यता लिएको थियो ।

पछिल्लो समय भने अन्य नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुले समेत यस संस्थाको सदस्यता लिएका छन् । एमडीआरटीको सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुने गर्र्दछ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा समेत लिने गरिन्छ ।

कसरी हुने आवद्ध ?
हरेक जनवरी १ देखि डिसेम्बर ३० सम्ममा टार्गेट पूरा गर्नुपर्छ । अन्र्तराष्ट्रिय संस्था एमडीआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम ३१ सम्म तोकिएको बीमाशुल्क संकलन गर्न सफल अभिकर्ताहरुले सहभागिता जनाउन सक्दछन् ।

यसका लागि तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले र साथमा अमेरिकी ५५० डलरसहित दर्ता शुल्क समेत तिर्नुपर्ने हुन्छ । संस्थाले वर्षै पिच्छे फरक फरक टार्गेट निर्धारण गर्ने गर्दछ । संस्थाले हरेक वर्ष १० प्रतिशतका दरले टाग्रेट थप्ने अभिकर्ताहरु बताउँछन् ।

एमडीआरटीमा तीन प्रकारका सदस्य हुन्छन् । सन् २०२२ का संस्थाले ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्ने लक्ष्य दिएको थियो ।

एमडीआरटीको ३ गुणा बढी बीमाशुल्क संकलन गरेमा सीओटी अर्थात् कोर्ट डाउन द टेवल बन्न पाउँछन् ।

एमडीआरटीको ६ गुणाभन्दा बढी बीमाशुल्क संकलन गर्ने अभिकर्ताले टीओटी अर्थात् टप अफ द टेवलको उपाधि पाउनेछन् ।

वर्षमा एमडीआरटी र सीओटीको मिटिङ एकपटक हुन्छ । यस्तै, टीओटीको मिटिङ् पनि अलग हुन्छ । यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ ।


क्लिकमान्डु