टोखाको मिलनटोलमा साथीमार्टको आउटलेट, नायिका वर्षा सिवाकोटीले गरिन् उद्घाटन



काठमाडौ ।नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टले काठमाडौंको ग्रान्डी हस्पिटल नजिकै टोखा मिलनटोलमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

नायिका बर्षा सिवाकोटीले पौष बिहीवार उक्त आउटलेटको उद्घाटन गरिन् ।

ओ टु ओ (अनलाइन टु अफलाइन) सुविधासहित टोखामा साथीमार्टको आउटलेट सुरू भएको हो। मार्ट करिब २ हजार वर्गफिटको रहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीइओ सागर पोख्रेलले बताए।

फेन्चाइज नभई साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट WWW.SAATHIMART.COM मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ ।

मार्टमा ग्राहकले ३५ प्रतिशतसम्मको छुट, फ्ल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ।

आउटलेट पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने मार्ट हुने पोख्रेलको दाबी छ। साथै ग्राहकलाई पिक अपसम्मको सुविधा प्रदान गर्ने पोख्रेल बताउँछन्।

आक्रामक बजार बिस्तार गर्दै अगाडि बढेको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टले भर्खरै ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाललाई नियुक्त गरेको छ ।

मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ । साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।

पुराना एकल पसलको युग बिश्वब्यापी रुपमानै समाप्त हुँदै गएको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने भएको र नेपालमा पनि ९० प्रतिशत भन्दा बढी ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले बिश्वास लिएको छ।

साथीमार्टको यसै बर्ष थप २ सय र ३ बर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको छ ।


क्लिकमान्डु