लोकसेवा आयोगले माग्यो २८५ शाखा अधिकृत, कुनमा कति ?
काठमाडौं । लोकसेवा आयोगले २८५ शाखा अधिकृत पदमा जागिर खुलाएको छ ।
आयोगले न्याय, प्रशासन, लेखापरीक्षण, संसद, परराष्ट्र समूहका लागि जागिर खुलाएको हो ।
जसमा न्यायतर्फ ७९ जना, परराष्ट्रतर्फ १८ जना र बाँकी १९७ पदमा प्रसाशनका लागि जागिर खुलाएको हो ।
दरखास्त दस्तुर १ हजार रुपैयाँ र समूहका लागि प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ लाग्नेछ । दरखास्त बुझाउने मिति पुस २० गरेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि पुस २८ गतेसम्म बुझाउन सकिनेछ ।