नेपाली कांग्रेसमा मतदान सकियो, पहिलो चरणभन्दा ११५ मत कम खस्यो



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको लागि भएको मतदान सकिएको छ । निर्वाचनमा ४५६४ मत खसेको छ ।

पहिलो चरणभन्दा दोस्रो चरणमा केही कम मत खसेको छ । पहिलो चरणमा ४ हजार ६७९ मत खसेको थियो । पहिलो चरणमा निर्वाचन जित्नको लागि आवश्यक मत नआएपछि दोस्रो चरणमा निर्वाचन भएको हो ।

पहिलो चरणमा पहिलो हुने शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच दोस्रो चरणमा निर्वाचन भएको हो । तर,पहिलो चरणमा तेस्रो हुने प्रकाशमान सिंह चौथो हुने बिमलेन्द्र निधि र अन्तिम हुने कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवाले निर्वाचन जित्ने निश्चित जस्तै देखिएको छ ।

केही समयपछि सभापति पदको मतगणना हुने छ । अन्य पदाधिकारीको बिहीबारदेखि मतगणना हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा ४ हजार ६७९ मत खसेको थियो ।


क्लिकमान्डु