नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारणसभा बोलायो



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीलाई वितरण गरिने लाभांश पारित गर्न साधारणसभा डाकेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न छैठौँ साधारणसभा बोलाएको हो ।

कम्पनीले पुस २२ गते, बिहीबार कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजेका लागि सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशतका दरले बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनीले प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छलफल सभाले गर्ने छ ।

साथै, सभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु दिपप्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल थप गरिएको निर्णय अजुमोदन गर्ने भएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते बुकक्लोज गर्ने भएको छ ।

जसअनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु