आइएलओसँग ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप लिएर श्रम प्रशासन सुधार गर्दै सरकार



काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक भन्दै विभिन्न सामाग्रीहरु सरकारलाई हस्तान्तरण गरेको छ ।

आइएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप–प्रिन्टर लगायतका सामाग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दैं आएको निर्देशक होवार्डले बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थीत गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।


क्लिकमान्डु