बीमा गर्नु मात्रै ठूलो कुरा होइन, भुक्तानी दिनु ठुलो कुरा होः अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बीमा गर्नु मात्रै ठुलो कुरा नभएको बताएका छन् । बीमा समितिको नयाँ भवन कार्यालयको शिल्यानास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले कोरोना बीमाको दावी भुक्तानी हुन नसेकेको कुरालाई जोड्दै यस्तो बताएका हुन् ।

धेरै मान्छेहरु मैले गरेको बीमाको रकम पाइन भनेर अर्थमन्त्रालय धाईरहेको अर्थमन्त्री शर्माले बताए ।

‘धेरै मान्छेहरू बीमा रकम पाइएन भनेर अर्थ मन्त्रालयलगायतका निकाय धाइरहेका हुन्छन्’, शर्माले भने, ‘यस्तो नुहुनुपर्ने हो । यो त स्वतः त्यसको मूल्याङ्कनका आधारमा पाउनुपर्ने हो ।,’

बीमा गरे पछि प्रतिवद्धताअनुसार भुक्तानी दिनु ठुलो कुरा रहेको मन्त्री शर्माको भनाइ छ ।

कोरोना महामारीमा जारी गरिएको कोरोना बीमा गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको र त्यसको समाधान गर्नका लागि गृहकार्य समेत भईरहेको जानकारी दिए ।

‘महामारीको बीमा गर्न सक्ने हामी उत्कृृष्ट देश मै पर्छौ । तर, त्यसको भुक्तानी दिने कुरामा तपाईहरुको ख्याल आएन । बीमा गर्नु मात्रै ठुलो कुरा होइन नी, भुक्तानी पनि दिन सक्नु पर्यो ’।

‘तपाईं विज्ञहरुले के सल्लाहा दिनुभयो ? के आधारमा बीमा गरिएको हो ? शर्माले प्रश्न गरे, भुक्तानी दिन नसक्दा अभिशाप पैदा भइरहेको छ । जसको समाधनाको लागि अर्थमन्त्रालयमा गृहकार्य भइरहेको छ ।’

विगतमा गरिएका यस्ता सल्लाहा र निर्णयहरु फेरि नदोहोर्याउन शर्माले आग्रह गरे ।


क्लिकमान्डु