४२ करोडमा बन्ने भयो बीमा समितिको भवन



काठमाडौं । बीमा समितिको कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

१० रोपनी क्षेत्रफलमा ४१ करोड ९२ लाख ४७ हजार ९५२ रुपैयाँ लागतमा उक्त भवन बन्न लागेको हो । सोमबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कार्यालय कुपन्डोलमा भवनको शिलान्याश गरेका हुन् ।

नेपाल इन्जिनियरीङ अध्ययन संस्थानले डिजाइन गरेको नयाँ भवनको निर्माण कार्य विकास तथा भवन विभागले गर्ने भएको छ । आठ तले उक्त भवनको दुई तला जमीनमुनि रहने छ । ग्राउण्ड फ्लोरमामा मोटर पार्किङको व्यवस्था रहने समितिले बताएको छ ।

समितिको कुपन्डोलस्थिति हाल कार्यलयमा रहेको ठाँउमा नै नयाँ भवन निर्माण गर्न लागेको हो । भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्मा, शहरी विकास मन्त्री राम कुमारी झाक्रीले गरेका हुन् ।


क्लिकमान्डु